बागमतीको मतगणना जारीः २०० मत गन्दा केसीले अग्रता बनाए
आइतबार, १९ मङ्सिर २०७८, १९ : ४३
नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको २०० मत गन्दा जगदीश्वर नरसिंह केसी अगाडि छन् । उनले ११२ मत पाउँदा इन्द्र बानियाँले ८६ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।
यसअघि १०० मत गन्दा केसी पछि परेका थिए । अहिले काठमाडौंको मतगणना भइरहेकाले केसीले अग्रता बनाएको बताइएको छ ।
यसअघि शनिबार भएको त्रिपक्षीय भिडन्तमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि केसी र बानियाँ बीचबाट सभापति चयन गर्न आइतबार पुनः मतदान भएको थियो ।