शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

होण्डाले गर्यो एम्एम्सी एमेज २०२१ सार्वजनिक

आइतबार, १९ मङ्सिर २०७८, १९ : ११
आइतबार, १९ मङ्सिर २०७८

प्रसिद्ध अटोमोबाइल ब्राण्ड होण्डाले नेपाली बजारमा एम्एम्सी एमेज २०२१ लाई उतारेको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हालैमात्र उक्त नविन मोडल सार्वजनिक गरेको हो ।
नयाँ मोडल एम्एम्सी एमेज २०२१ निकै लाइस्टाईल, पर्फमेन्स र सुरक्षित फिचर्सले भरिपूर्ण रहेको कम्पनीले दाबी गरेको छ ।

एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डिआरएलएसका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्ने कम्पनीले बताएको छ । 
यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए व्हीलस् रहेको र त्यसै गरी गाडीमा उपलब्ध गराइएको गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा, एनसीएपी ४ स्टार सेफ्टी रेटिङ्ग समेतले गाडीलाई दमदार बनाएको कम्पनीको भनाई छ । 

यसका साथै कारमा पहिलो पटक कम्पनीले क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सिभिटी गियरबक्स् उपलब्ध गराइएको कम्पनीले बताएको छ ।  नयाँ अमेज एस म्यानुयलको मूल्य ४० लाख २३ हजार र सिभिटीको मूल्य ४५ लाख २ हजार रुपैयाँ रहेको छ । 
त्यसैगरी अर्को भेरियन्ट भिएक्स म्यानुयलको मूल्य ४५ लाख ८७ हजार भिएक्स र सिभिटीको ५० लाख २९ हजार रुपैयाँ कायम गरेर कम्पनीले विक्री वितरण सुरु गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप