बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा सकियो मतदान, कसले मार्ला बाजी ?

आइतबार, १९ मङ्सिर २०७८, १७ : ५३
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ । हेटौँडामा  आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बज सम्पन्न भएको हो । बागमती प्रदेशमा २०२५ मत खसेको छ । एक घण्टापछि मत गणना सुरु हुने छ ।

शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुन: मतदान भएको थियो ।

पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई दोस्रो चरणमा साथ दिएका छन् । प्रधानको साथ पाएपछि आफू जित्नेमा बानियाँ पक्ष विश्वस्त छ ।

समूहले सिटौला टीमको केही भोट र काठमाडौं र नुवाकोटबाट पहिलो चरणमा गुमेको मत केही पनि दोस्रो चरणमा पाएकाले जित्ने केसी पक्षको दाबी छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप