बागमतीमा सकियो मतदान, कसले मार्ला बाजी ?
नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ । हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बज सम्पन्न भएको हो । बागमती प्रदेशमा २०२५ मत खसेको छ । एक घण्टापछि मत गणना सुरु हुने छ ।
शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुन: मतदान भएको थियो ।
पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए ।
पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई दोस्रो चरणमा साथ दिएका छन् । प्रधानको साथ पाएपछि आफू जित्नेमा बानियाँ पक्ष विश्वस्त छ ।
समूहले सिटौला टीमको केही भोट र काठमाडौं र नुवाकोटबाट पहिलो चरणमा गुमेको मत केही पनि दोस्रो चरणमा पाएकाले जित्ने केसी पक्षको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण