नाडा निर्वाचन : चौधरी र थापाले गरे अध्यक्षमा उम्मेदवारी दर्ता, क–कसको पर्यो उम्मेदवारी ?(सूचिसहित)
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन अर्थात् आइतबार नाडाको केन्द्रीय सचिवालय टेकुमा सशरीर उपस्थित भई चौधरी र थापाले विधिवत् रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।
यस्तै, अन्य ३४ सदस्यहरूमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक कुमार अग्रवाल, कपिल सिवाकोटी शुभाषिश थपलिया, प्रदीप मान प्रधान, दिपककुमार खेतान, यमुना श्रेष्ठ, अमर ज्योती र रञ्जित, भवनाथ पाठक (वि.एन पाठक), दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुषाल, रिद्दी कार्की, प्रकाश सिग्देल, प्रकाश सिग्देल र सगुनवीर सिं कंसाकारले थापा प्यानलबाट सदस्यमा उम्मेदवारी दिएको नाडाले जनाएको छ ।
यस्तै, राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, निलमणि पाठक (राम), प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योती, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारीले चौधरीको प्यानलबाट सदस्यमा उम्मेदवारी दर्ता गराएको नाडाले जनाएको छ ।
आइतबार उम्मेदवारीको अन्तिम नामावली प्रकाश गरेको नाडाले नयाँ कार्यसमिति छनोटका लागि मंसिर २३ गते, बिहीबार बिहान ८ बजेदेखि बेलुकी ३ बजेसम्म मतदान हुने जनाएको छ । मतदानको अघिल्लो दिन मंसिर २२ गते भने नाडाको ४५ औं साधारणसभा हुनेछ । सोही सभाले नाडाको नयाँ कार्यसमिति छनोट गर्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण