१९ औं किम्फमा २८ देशका ६० चलचित्र प्रदर्शन

काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले अवार्डको विभिन्न पक्ष जानकारी गराएको छ ।
वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्यक्ष देखाइने महोत्सव चलचित्र विकास बोर्डको हलमा आयोजना हुन लागेको हो । यस वर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । स्वीस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल निर्णायक रहेका छन् । उनीहरुले किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका ४० चलचित्र र नेपाली पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन चलचित्रको निर्णय गर्नेछ ।
महोत्सवमा प्रथमले २ लाख, दोस्रोले डेढ लाख र तेस्रोले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार र उत्कृष्ट चलचित्रले एक लाख पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।
अमेरिकी फोटोग्राफर सिरा क्रोवेलको मास्टर क्लास समेत रहेको महोत्सवमा ‘मेरो खोज यात्रा’ नामक स्वीस भू-वैज्ञानिक टोनी हेगनको बिल्डिङ ‘ब्रिज टु द थर्ड वल्र्ड’को नेपाली अनुवाद तथा ‘सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम टप अफ दी वल्र्ड’ लगायत फिल्म समेत प्रदर्शन हुनेछ । महोत्सवले दर्शकलाई मनोरञ्जन र सचेतना प्रदान गर्ने किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?