बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिसो मौसममा खुट्टा तात्दैनन् ? यी पाँच रोगको संकेत हुनसक्छन्

आइतबार, १९ मङ्सिर २०७८, १७ : ३६
आइतबार, १९ मङ्सिर २०७८

चिसो मौसम आइसकेको छ । यो मौसममा न्यायो कपडाले शरीर ढाक्दा पनि केही मानिसहरु सधैं चिसो महसुुस गरिरहन्छन् । चिसो मौसमबाहेक यसका अन्य कारण पनि हुनसक्छन् । जाडोयाममा खुट्टा चिसो हुनु निकै सामान्य कुरा हो तर यदि तपाईं न्यानो कपडा लगाउँदा र सही खानपानपश्चात् पनि यस्तो महसुस गर्नुहुन्छ भने यो ठूलो समस्याको कारण पनि हुनसक्छ ।

हाइपोथाइराइडिजमः

हाइपोथाइराइडिजमको अर्थ यो हो कि तपाईंलाई थाइराइडसँग सम्बन्धित समस्या छ । यो एउटा यस्तो स्थिति हो जसमा शरीरले पर्याप्त मात्रामा हर्मोन्सको उत्पादन गर्दैन । यो हर्मोनले तपाईंका विभिन्न अंगलाई प्रभावित गर्छ र खानालाई उर्जामा बदल्न मद्दत गर्छ । यदि चिसो मौसममा तपाईंको खुट्टा सधैं चिसो रहन्छ भने यो हाइपोथाइराइडिजम हुनसक्छ ।

रेनोड​को समस्याः

रेनोडको समस्या हुँदा शरीरले चिसोप्रति बढी नै प्रतिक्रिया जनाउँछ । जब तापक्रम कम हुन्छ मानिसको हात–खुट्टा बरफजस्तो चिसो हुन्छ । यस्तोमा तपाईंको हात खुट्टाको रङ पनि फेरिन सक्छ । यदि हात खुट्टाको रङ पहेँलो र निलो भएपछि क्रमशः रातो हुन्छ भने यसलाई गम्भीरताका साथ लिन आवश्यक छ । रेनोडको समस्या त्यतिबेला हुन्छ जब चिसोका कारण हाम्रा धमनी पातलो हुन्छन् ।

मधुमेहः

मधुमेह रोगीमा हाई ब्लड सुगर हुनु सामान्य हो । बारम्बार पिसाब आउनु वा संक्रमण हुनु यसको प्रमुख लक्षण हो । यदि तपाईंको घाउ चाँडै निको हुँदैन भने यो पनि मधुमेहको लक्षण हुनसक्छ । डाक्टरका अनुसार खुट्टा तात्दैनन् भने मधुमेहको लक्षण पनि हुनसक्छ ।

हाई कोलेस्ट्रोलः

हाई कोलेस्ट्रोलको समस्या शरीरमा सञ्चारको समस्यालाई बढाउने काम गर्छ जसका कारण हाम्रो हातखुट्टा सधैं चिसो हुन्छ । यदि तपाईंलाई पनि यस्तै हुन्छ भने यसले रक्तनलीमा कोलेस्ट्रोल वा इन्फ्लेमेशनको समस्या हुनसक्छ ।  उच्च कोलेस्ट्रोल स्ट्रोक र हार्ट अट्याकजस्ता समस्याको कारण पनि बन्न सक्छ ।

स्ट्रेसः

स्ट्रेसका कारण पनि हाम्रो शरीरको रक्तप्रवाह प्रभावित हुन्छ भन्ने थाहा छ ? शरीरको खराब रक्तसञ्चारका कारण हातका र खुट्टाका औंला चिसो हुनसक्छन् । त्यसैले धेरै तनाव भइरहेको स्थितिमा डाक्टरसँग सम्पर्क गर्न अत्यावश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप