शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अरूकै फर्म प्रयोग गरी राजस्व छलेका गुप्ताविरुद्ध ४४ करोड ७३ लाख मागदाबी

आइतबार, १९ मङ्सिर २०७८, १७ : ११
आइतबार, १९ मङ्सिर २०७८

राजस्व अनुसन्धान कार्यालय बुटवलले कशौधन कवाड सप्लायर्सका प्रोपाइटर प्रमोदकुमार गुप्ताविरुद्ध ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ मागदाबीसहित उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ । 
गुप्ताले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मका नामबाट सामान खरिद गरी विभिन्न व्यक्तिहरूलाई बिक्री गरेको र सो को मूल्यांकन नै नगरी मूल्य अभिवृद्धि कर (भ्याट) छलेको कार्यालयले जानकारी दिएको छ । 

स्थायी लेखा नम्बर ३०५१४३०२४ को सो फर्म ३२ वर्षीय प्रमोदकुमार गुप्ताको नाममा छ । सो फर्मविरुद्ध राजस्व अनुसन्धान कार्यालयले भ्याटतर्फ ६ करोड ३१ लाख ४८ हजार २६६ रुपैयाँ, आयकरतर्फ १६ करोड पाँच लाख ४५ हजार २१३ रुपैयाँ र बिगो २२ करोड २६ लाख ९३ हजार ४७९ रुपैयाँसहित प्रोपाइटर गुप्तालाई तीन वर्षसम्म कैदसजाय मागदाबी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप