तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न लोहनीको आग्रह

राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले आगामी निर्वाचनमा सके सत्ताको नेतृत्व गर्ने नभए पनि प्रमुख प्रतिपक्षको हैसियतमा पुर्याउनुपर्ने चुनौती रहेको बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले राप्रपा जसरी दुई वर्ष अघि एकता भएको थियो सोही अनुसार एकता महाधिवेशन भएर विधि र पद्धति स्थापित भएको समेत बताए । उनले पार्टी विधि पद्धति र विधान अनुसार चल्छ र छानिएका प्रतिनिधि मार्फत नेतृत्व छानिन्छ भन्ने उदाहरण समेत पेस भएको दाबी गरे ।
उनले हिजोका तितामिठा कुरालाई बिर्सेर नयाँ नेतृत्वलाई साथ र सहयोग गर्नुपर्ने बताए । ‘हामी सबै मिलेर गयौँ भने राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न सक्छौ । तर त्यसका लागि सबै साथीहरूको प्रतिबद्धता हुनुपर्छ,’लोहनीको भनाइ छ । उनले आगामी दिनमा पार्टीका सामु रहेका चुनौतीबारे नयाँ नेतृत्वले मनन गर्नुपर्ने भन्दै आगामी दिनमा हुने स्थानीय निर्वाचनमा कसरी जाने र प्रभावकारी उपस्थिति जनाउने भन्नेमा चिन्तन गर्नुपर्ने बताए । उनले अव हुने आवधिक निर्वाचनमा एमाले, माओवादी र काँग्रेससँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको भन्दै त्यसका लागि सके सत्तामा पुग्ने र नभए प्रमुख प्रतिपक्षको हैसियतमा पार्टीलाई पुर्याउनुपर्ने बताए । त्यसका लागि उनले चुनावी र पार्टीको पुनर्जागरण अभियान चलाउनुपर्ने बताए । त्यस्तै उनले भ्रष्टाचारविरोधी कार्यक्रम लिएर जनताको दैलोमा पुग्नुपर्ने भएकाले
कार्यक्रममा मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित उपाध्यक्ष विक्रम पाण्डेले राप्रपालाई अव यो देशको अग्रणी पार्टी बनाउने भनेर गरेको प्रतिबद्धता पुरा गरेर देखाउने बेला आएकाले सोही अनुसार अघि बढ्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा