
लुम्बिनी विकास बैंकका पाँच नयाँ शाखा एकैसाथ उद्घाटन

लुम्बिनी विकास बैंकले पाँच नयाँ शाखा कार्यालयहरू एकैसाथ उद्घाटन गरेको छ । बैंकिङ्ग सेवा विस्तार क्रममा आज (मंसिर १९ गते) काठमाडौं, रूपन्देही, नवलपरासी, दाङ र बाँकेमा एकैसाथ नयाँ शाखा खोलिएको सो बैंकले जानकारी दिएको छ ।
काठमाडौंको नयाँ बानेश्वर चोक, रूपन्देहीको मणिग्राम, नवलपरासीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुर साझाचोकमा बैंकले नयाँ शाखा खोलेको हो । यी शाखाहरू बैंकका क्रमशः ७३, ७४, ७५, ७६ र ७७ औं हुन् । थपिएका पाँचसहित देशभर बैंक शाखा संख्या ७७ पुगेको हो ।
नयाँ बानेश्वर शाखा उद्घाटन बैंक सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजुकुमारी गुप्ता, बर्दघाट शाखा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल र बैंक सञ्चालक केशव खतिवडा, मणिग्राम शाखा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले संयुक्त गरेका हुन् ।
घोराही शाखा उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले संयुक्त गरेका बैंकले जानकारी दिएको छ । बैंकका अनुसार कोहलपुर शाखा उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंक सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन् ।
७७ शाखासहित देशभर लुम्बिनी विकास बैंकका १७ वटा एटिएम सञ्चालनमा छ । करिब तीन लाख ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवम् नवीनतम प्रविधिसहित सुरक्षित बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको दाबी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ