काँग्रेस अधिवेशनमा देउवाले पदको दुरुपयोग गरेको अमरेश सिंहको आरोप
काँग्रेस नेता अमरेशकुमार सिंहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरूमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन् ।
सर्लाही– ४ का सांसद समेत रहेका सिंहले आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन गराउन माग पनि गरेका छन् । उनले सभापति देउवाले परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल गरी पार्टी र सरकारको पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
‘नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्रीज्यूले मेरो क्षेत्रमा मात्रै होइन मजस्तो अन्यायको विरुद्धमा बोल्ने सांसदहरुको क्षेत्र जस्तै सप्तरी क्षेत्र नम्बर ४ का देवप्रसाद तिमिल्सिना र रौतहटको क्षेत्र नम्बर ४ मा पनि प्रत्यक्ष रुपमा दवाव दिइ निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरुपयोग गरी विधि–विधान निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी, अलोकतान्त्रिक र विभेदकारी पद्धति अवलम्बन गरी अधिवेशन गराउन खोज्नु भएकोप्रति आपत्ति छ,’ सिंहले विज्ञप्तिमा भनेका छन् । उनले सभापतिको जिम्मेदारी स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन सम्पन्न गराउने भएको स्मरण गराउँदै त्यो जिम्मेदारीको बोध गर्न अपिल पनि गरेका छन् ।
यस्तो छ सिंहले जारी गरेको विज्ञप्ति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलमा अधिकांश विषयमा सहमति, ‘संकटग्रस्त सहकारी’को परिभाषामा मतभेद
-
एनभीएले जनायो गम्भीर ध्यानाकर्षण
-
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
-
काठमाडौँ र कास्कीबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
-
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
-
मधेस प्रदेश : नयाँ सरकार बनाउने प्रक्रियामा ब्रेक