शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको सीएसआर : वित्तीय साक्षरतादेखि औषधोपचार सहयोगसम्म

आइतबार, १९ मङ्सिर २०७८, १६ : ०३
आइतबार, १९ मङ्सिर २०७८

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरतादेखि औषधोपचार तथा जीविकोपार्जनसम्ममा सहयोग गरेको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार परासीको भूमहीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । 

यसैगरी बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरूमा मास्क तथा स्यानिटाइजर लगायत सामग्री वितरण गरेको गरेको जनाएको छ । ट्राफिक सचेतना बोर्ड राख्न बैंकले पार्वतीपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ ।

पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम सञ्चालनका निमित्त पनि बैंकले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । मोटरसाइकल दुर्घटनामा पर्दा अपाङ्ग भएका स्याङ्जा आँधीखोला गाँउपालिका–६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जीविकोपार्जनका लागि पनि एक लाख रुपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले उल्लेखित सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप