आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरूपमा
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबोट नयाँ स्वरूपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टरको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले ग्राहक, अभिकर्ता तथा सर्वसाधारणलाई थप गुणस्तरीय सेवा दिने कम्पनीले दाबी गरेको छ ।
लाइफ इन्स्योरेन्स कम्पनीमध्ये आईएमईले सबैभन्दा पहिले एक वर्षअघि च्याटमार्फत सेवा दिन थालेको थियो । एक वर्षभित्र प्रविधिमा आएको परिवर्तन एवम् सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउन च्याटबोटमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा डिजिटल प्रविधि संयोजन गरिएको पनि कम्पनीले उल्लेख गरेको छ । एक वर्षभित्र दैनिक औषतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको, हालसम्म झन्डै एक लाख ७० हजारवटा प्रश्नहरू आएकोमा च्याटबोटमार्फत समाधान गरिएको छ ।
सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरूको भरपर्दो उत्तर दिँदै छिटोछरितो ढंगले सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने च्याटबोट सञ्चालनको उद्धेश्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
-
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीविरुद्ध किन चलेन मुद्दा ?
-
अमेरिकामा नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’
-
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
-
‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
-
दश दिक्पाल र पूर्वका देवता इन्द्र