शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरूपमा

आइतबार, १९ मङ्सिर २०७८, १५ : ५९
आइतबार, १९ मङ्सिर २०७८

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबोट नयाँ स्वरूपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टरको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले ग्राहक, अभिकर्ता तथा सर्वसाधारणलाई थप गुणस्तरीय सेवा दिने कम्पनीले दाबी गरेको छ ।

लाइफ इन्स्योरेन्स कम्पनीमध्ये आईएमईले सबैभन्दा पहिले एक वर्षअघि च्याटमार्फत सेवा दिन थालेको थियो । एक वर्षभित्र प्रविधिमा आएको परिवर्तन एवम् सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जानकारी दिएको छ । 

थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउन च्याटबोटमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा डिजिटल प्रविधि संयोजन गरिएको पनि कम्पनीले उल्लेख गरेको छ ।  एक वर्षभित्र दैनिक औषतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको, हालसम्म झन्डै एक लाख ७० हजारवटा प्रश्नहरू आएकोमा च्याटबोटमार्फत समाधान गरिएको छ । 

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरूको भरपर्दो उत्तर दिँदै छिटोछरितो ढंगले सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने च्याटबोट सञ्चालनको उद्धेश्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप