राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह
आइतबार, १९ मङ्सिर २०७८, १५ : ५९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका थिए । तर पदाधिकारीमा भने कमल थापा हावी भएको छ । यस्तै केन्द्रीय सदस्यतर्फ मिश्रित नतिजा आएको छ । राप्रपाको एकता महाधिवेशन मंसिर १५ गते सुरु भएको थियो ।





























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण