राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह
आइतबार, १९ मङ्सिर २०७८, १५ : ५९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका थिए । तर पदाधिकारीमा भने कमल थापा हावी भएको छ । यस्तै केन्द्रीय सदस्यतर्फ मिश्रित नतिजा आएको छ । राप्रपाको एकता महाधिवेशन मंसिर १५ गते सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार बैंककमा भेटघाट हुने
-
क्रिकेटमा अनु कडायतको छलाङ : क्यानको प्रशिक्षण क्याम्पमा सामेल
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर