शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो ‘बिच्छेद’ को छायाङ्कन

आइतबार, १९ मङ्सिर २०७८, १५ : ५६
आइतबार, १९ मङ्सिर २०७८

फिल्म ‘विच्छेद’ को छायाङ्कन सकिएको छ । ‘कोभिड १९’ को चपेटामा परेको फिल्मको छायाङ्कन तीन वर्षपछि सकिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन २०७६ चैत ५ गते सुरु भएको थियो । सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका देख्न सकिन्छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा एकसाथ काम गरेका थिए ।

राज पण्डित, सुवास राई र साबि बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, जीवन थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ । संकल्प भुजेल छायाङ्कार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । 

फिल्ममा एसडी योगी र सुरज थापाको संगीत छ । रामेछापको एक गाउँमा सम्पूर्ण फिल्मको छायाङ्कन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप