
तारा बरालको जीवन रक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको अपिल

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न मागसहित कार्तिक ७ गतेदेखि आमरण अनशनरत तारा बरालको जीवन रक्षाका लागि अपिल गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै अनशनरत बरालको स्वास्थ्य स्थिति जटिल अवस्थामा पुगेको पनि जनाएको छ ।
सर्वोच्च अदालतलाई पूर्ण रुपमा तत्काल सुचारु गर्नुपर्ने, नेपाल बार एशोसिएशन कार्यालय अगाडि प्रदर्शन गर्दा महिलामाथि दुर्व्यवहार गरी अपशब्द बोल्ने वकिलहरूलाई कारवाही गर्नुपर्ने, एमसीसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने अनशनरत बरालको माग छ । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा लगिएको छ ।
आयोगले जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न तारा बराललाई आग्रहसमेत गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Dec. 5, 2021, 7:48 p.m. rishikeshबाचेर काम छैन!
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।