राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङदेनसहित केन्द्रीय नेताले लिए शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । आइतबार निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राप्रपा केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेको हो ।
समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु र महामन्त्रीलाई राप्रपाको विधानअनुसार शपथ ग्रहण गराएका थिए । त्यसक्रममा उनीहरुले नेपाल माता, नेपाली जनता र राप्रपाप्रति बफादार रहने प्रतिबद्धता व्यक्त गर्दै ईश्वरको नाममा सपथ लिएका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिङदेनले केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा उपाध्यक्ष धु्रवबहादुर प्रधानले महाधिवेशन सफल बनाउन केन्द्रीय निर्वाचन समितिले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए । त्यस्तै निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले झण्डै ४५ सय प्रतिनिधि रहेको राप्रपाको महाधिवेशन सम्पन्न गर्नु कम चुनौतिपूर्ण नरहेको भन्दै निर्वाचन समितिमा रहेर काम गर्ने र राप्रपाको पुरानो केन्द्रीय समितिलाई आभार प्रकट गरे ।
उनले राप्रपामा धेरै लामो समयदेखि पुस्ता हस्तान्तरणको कुरा उठेपनि योपटक युवा पुस्तामा पार्टीको नेतृत्व पुगेकाले यो उदाहरणीय भएको बताए । शनिबार अध्यक्षसहित ८ पदाधिकारी र १४९ सदस्यको निर्वाचन भएको थियो । जसमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका थिए । सपथ ग्रहण समारोहमा निर्वतमान अध्यक्षहरु पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी सहभागी भएपनि कमल थापा भने उपस्थित भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेससँग मिलेर चुनाव लड्दा पनि पीएससँग हारे खगराज, कास्की रेडक्रसमा खड्का विजयी
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम