थप २०५ जनामा सङ्क्रमण पुष्टि, ४३६ जना सङ्क्रमणमुक्त

देशभर थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४३६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार ५४४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४१ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री