शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७२ अंक घटेर बन्द भयो नेप्से

आइतबार, १९ मङ्सिर २०७८, १५ : १७
आइतबार, १९ मङ्सिर २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२ अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो अंकको गिरावट आएको हो । कारोबार सुरू भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक आज समग्रमा २.९० प्रतिशतले घट्यो ।

यसक्रममा चार अर्ब ९ करोड रुपैयाँ बराबरका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर बजारमा ४ र १२ करोडको नीति ल्याएपछि नेप्से निरन्तर ओरालो गतिमा छ । खासगरी, राष्ट्र बैंकले एक जना लगानीकर्ताले सेयर धितोमा ३ वटा बैंकबाट बढीमा १२ करोड रुपैयाँ ऋण लिन पाउने व्यवस्था गरेपछि बजार ओरालो लाग्न सुरु गरेको थियो ।

मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले पुरानै व्यवस्था कायम राखेपछि बजार थप ओरालो लाग्न थालेको छ । आज ७२ अंकले घटेपछि नेप्से परिसूचक २५ सय १३ अंकमा आइपुगेको छ । समग्र बजार घटेको दिन आज कारोबार भएका १३ मध्ये सबै समूह घटेका छन् । 

जीवन बीमा कम्पनी समूहमा ३०२ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा कम्पनी समूहमा २५१ अंकको गिरावट आएको छ । यस्तै, आज विकास बैंक समूहमा २०३ अंकको गिरावट आउँदा लघुवित्त समूहमा १३१ अंकको गिरावट आएको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४५४ रुपैयाँ पुगेपछि लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका हुन् । यस्तै, आज आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता ८ प्रतिशतले घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप