दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजना पक्राउ
आइतबार, १९ मङ्सिर २०७८, १४ : ३२

प्रहरीले काठमाडौंको दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।
खनालबाट नेपाली एक हजार रुपैयाँका १०० वटा भएका ४९ बण्डल, पाँच सय रुपैयाँ दरका १०० ओटा भएको ४१ बण्डल र बिइङ ह्युमन लेखिएको निलो रङको एक थान हाते झोला समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने
-
६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण
-
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क