
काँग्रेस महाधिवेशन : बागमतीमा पुनः मतदान सुरु, इन्द्रलाई भीमसेनको साथ

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि दिउँसो साढे १ बजेबाट सुरु भएको छ ।
शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा सकेको पनि ५० प्रतिशतभन्दा बढी कट्न सकेन । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई साथ दिएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ