
तान्जानियाबाट दिल्ली पुगेका व्यक्तिमा ओमिक्रोन, भारतमा ४ दिनमा नयाँ भेरियन्टका ५ संक्रमित

भारतको बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो संक्रमित भेटिएका छन् । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले संक्रमित तान्जानियाबाट आएको बताए । विमानस्थलमा परीक्षणपछि उनी ओमिक्रोनद्वारा संक्रमित भएको जानकारी पाइएको हो । उनलाई दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ ।
एलएनजेपी अस्पतालका एमडी सुरेश कुमारले अस्पतालमा भर्ना भएका ओमिक्रोनका बिरामीको घाँटी सुन्निएको, थकान र शरीर दुखाईको लक्षण देखिएको जानकारी दिए । यसअघि शनिबार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका थिए । यस्तै, मुम्बई र बेंगलुरुमा पनि ओमिक्रोनका संक्रमित भेटिइसकेका छन् । यससँगै भारतमा ओमिक्रोनका कूल ५ संक्रमित भेटिइसकेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ