शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाका भतिजा अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने

आइतबार, १९ मङ्सिर २०७८, १३ : ५६
आइतबार, १९ मङ्सिर २०७८

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् ।  हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको अभिषेकले बताए । 

‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षडयन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो । अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा छु’, उनले भने ।  

अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेका हुन् । थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । –न्युज कारखानाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप