
जीपको ठक्करबाट वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जीप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पिक सडक बनाइरहेको बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ