आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा दैनिक वृद्धि

आइतबार, १९ मङ्सिर २०७८, १३ : २८
आइतबार, १९ मङ्सिर २०७८

भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप  दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पुरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ । 

यद्यपि हिजो एकै दिनमा केरलामा कोरोना सङ्क्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आइतबार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ । देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन् । यो संख्या कूल सङ्क्रमितको एक प्रतिशत भन्दा कम भएको समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ ।

गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् । हालसम्म ३ करोड ४०  लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । कोरोना मुक्ति यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ सङ्क्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । 

भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परिक्षण गरिएको थियो ।  यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ ।  -एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप