शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेकेन्ड ह्यान्ड कम्प्यूटर, ल्यापटप तथा फर्निचर बेच्दै राष्ट्र बैंक

आइतबार, १९ मङ्सिर २०७८, १३ : १५
आइतबार, १९ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले पुराना इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बेच्ने भएको छ ।  आइतबार एक सूचना जारी गर्दै बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा रहेको पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विबक्री गर्न चाहेको बताएको हो । 

बैंकका अनुसार पुराना अफिस इक्विपमेन्ट, कम्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभी, प्रोजेक्टर, एसी लायत फर्निचहरु टेबल, कुर्सी, सोफासेट र र्याक, फुटकर ब्याट्री तथा युपिएस, तामाको तार आदि बेच्ने चाहेको हो । 

इच्छुक खरिदकर्ताले सूचना जारी भएको मितिले १५ दिनभित्र न्यूनतम ६ लाख ६३ हजार ५२३ रुपैयाँ ५७ पैसामा खरिद बोलपत्र हाल्न बैंकले आह्वान गरेको छ ।  तर, सार्वजनिक बोलकबोल गर्ने खरिदकर्ताले कबोल गर्दा कुल खरिद रकमको न्यूनतम ५ प्रतिशत रकम पहिले नै दरखास्तसँगै धरौटी बुझाउनुपर्ने बैंकले बताएको छ ।

मंसिर १९ गते आह्वान भएको बोलकबोल १५ दिनसम्म जारी रहने र आगामी पुस ५ गते दिनको १ बजे अन्तिम खरिदकर्ताको टुंगो लगाउने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप