किन अनिश्चित बन्यो काँग्रेस प्रदेश २ को अधिवेशन ?

नेपाली काँग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ । प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि समग्र प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो । प्रदेश अधिवेशन पूर्व पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिन देखि स्थगित हुँदै आएको हो ।
आइतबारपनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध नभएकाले प्रदेश अधिवेशनको मिति नै अन्योलमै परेको नेताहरुले बताएका छन् । काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन भएको चार दिन भइसक्दा महोत्तरी, सर्लाही, सप्तरी र रौतहटका केही पालिकामा अधिवेशनबारे विवाद कायमै छ ।
प्रदेशका २ मा ३२ वटा निर्वाचन क्षेत्र मध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेको निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए । जिल्लाको निर्वाचन समितिहरुबाट मतदाता नामावली अझैसम्म प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिका अनुसार निर्वाचन तालिका प्रभावित भएको संयोजक रिजालले बताए ।
मतदाताको नामावली आउन नसकेकै कारण मनोनयन पत्र दर्ता गर्ने कार्य स्थगित भएको संयोजक रिजालले बताए ।
प्रदेश २ को नेतृत्वमा शेरबहादुर देउवा समूहबाट रौतहट सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कर्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची