
अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ ।
प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनीहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् । सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उनले जानकारी दिनुभएको सो समाचार समितिले जानकारी दिएको छ । –सिन्ह्वा
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ