शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा बसको ठक्करबाट १ जनाको मृत्यु

आइतबार, १९ मङ्सिर २०७८, ११ : ४७
आइतबार, १९ मङ्सिर २०७८

दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई  वनजङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दुध छाडेर फर्किदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप