काँग्रेस वागमती प्रदेश सभापतिका लागि बाँनिया र केसीबीच पुन मतदान हुने

नेपाली काँग्रेस वागमती प्रदेश सभापतिका लागि भएको मतदान कुनै उम्मेदवारको ५१ प्रतिशत मत नपरेपछि दोस्रो चरणको मतदान हुने भएको छ । प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेका अनुसार आइतबार साढे ११ बजेबाट पुन दोस्रो चरणको मतदान गर्नेगरी तयारी भइरहेको हो ।
नेपाली काँग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सोही अनुसार पुन मतदान हुन लागेको हो ।
‘पुन मतदानका लागि ११ बजेको समय तय भएको छ । अहिले मतपत्र छाप्ने काम भइरहेको छ’, काफ्लेको भनाइ छ । पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका थिए भने जगदीश्वर नरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका बानियाँ र केसीबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
पहिलो चरणमा यो प्रदेशमा काँग्रेसका २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । यसैबीच पहिलो चरणमा तेस्रो पोजिसनमा मत ल्याएका भीमसेनदास प्रधानले बानियाँको पक्षमा समर्थन जनाउन सक्ने बुझिएको छ । शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याए सवैभन्दा धेरै मत ल्याउनेलाई आफ्नो समर्थन रहने प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा