कमल थापा पराजित हुँदा छोरी भने विजयी
राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयी भएकी हुन् । उनी पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुन् ।
त्यस्तै भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका छन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।
राप्रपाको पहिलो एकता महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।
*यसअघिको समाचारमा भएको गल्तीलाई क्षमायाचनासहित भूलसुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !