कमल थापा अध्यक्षमा पराजित हुँदा भतिजाले जिते केन्द्रीय सदस्य*
आइतबार, १९ मङ्सिर २०७८, ०९ : ५२

गणेश थापाका छोरा अर्थात कमल थापाका भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राप्रपा एकता महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
कमल थापा अध्यक्षमा पराजित भएपनि उनका भतिजा अभिषेक केन्द्रीय सदस्य बनेका छन् । अभिषेकले १३२७ मत ल्याएर केन्द्रीय सदस्य जितेका छन् । यसैबीच अर्घाखाँचीका गणेश थापा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धेरैले उनलाई अभिषेकका पिता ठानेर झुक्किएका छन् ।
'मलाई धेरैले फोन गरेर भोट दिने बताए, जवाफ दिँदैमा हैरान भएँ । अर्घाखाँचीका गणेश थापालाई म सम्झेर भोट हालेछन्,' कमल थापाका भाइ गणेश थापाले भने ।
*यसअघिको समाचारमा भएको गल्तीलाई क्षमायाचनासहित भूलसुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह