शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा बढ्यो ‘ओमिक्रोन’, यात्रामा थप कडाइ गरिँदै

आइतबार, १९ मङ्सिर २०७८, ०७ : ४१
आइतबार, १९ मङ्सिर २०७८

लन्डन । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको  सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने  स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् । आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा ४८ घण्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ । हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेसन बसेर नेगेटिभ परिणाम पेस गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।

बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ । जसमध्ये इंग्ल्याण्डमा १२९, स्कटल्याण्डमा २९ र वेल्समा एक जनामा नयाँ भाइरस फेला परेको सरकारले जनाएको छ । नाइजेरियाबाट आएका २७ जना मानिसमा नयाँ भाइरस देखिएपछि यही सोमबार बिहान ४ बजेबाट नाइजेरियालाई यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा राखिने भएको छ । नाइजेरियाबात बेलायती नागरिक मात्र आउन पाउनेछन् भने उनीहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।

नयाँ भाइरस ‘ओमिक्रोन’ कति घातक छ भन्ने हाल अध्ययनकै विषय भएकाले यसको सङ्क्रमणलाई नियन्त्रण गर्न बेलायत सरकारले बुस्टर डोज वितरणमा तीव्रता दिएको छ । सरकारले दैनिक पाँच लाख जनालाई बुस्टर डोज दिने तयारी गरेको छ । शनिबार सार्वजनिक ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार ३४.४ प्रतिशतले बुस्टर लगाइसकेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप