शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै रियल
आइतबार, १९ मङ्सिर २०७८, ०७ : २९

रियल सोसिसाडलाई हराउँदै रियल म्याड्रिडले स्पेन ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा रियल २-० गोल अन्तरले विजयी बनेको हो ।
रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा घाइते बनेका करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका लुका जोभिचले खेलको ४७ औँ मिनेटमा भिनिसियस जुनियरका लागि गोलको अवसर सिर्जना गरे भने ५७ औँ मिनेटमा उनले आफै गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।
जीतसँगै रियलले शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ । १६ खेलबाट रियलको ३९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको सेभियाले भिल्लेरियाललाई १-० ले गोलले पराजित गर्यो । उता, साबिक विजेता एथ्लेटिको म्याड्रिड भने मायोर्कासँग १-२ गोलले पराजित बन्यो । पराजयपछि एथ्लेटिको चौथो स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म