केबीसीमा आउनुको कारण खुलाउँदै भावुक अमिताभले भने – मलाई फिल्मको अफर आउन छाडेको थियो

क्वीज शो 'कौन बनेगा करोडपति' (केबीसीमा) मा अमिताभ बच्चनका तीन पुस्ता एकसाथ देखिए । शुक्रबार केबीसीको १ हजार एपिसोड पुरा भएकोमा खुसीयाली मनाइएको थियो । जसमा शोको विशेष अतिथिको रूपमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा आएका थिए । यस विशेष एपिसोडमा अमिताभकी पत्नी जया बच्चन पनि भर्चुअल रूपमा सहभागी भइन् । यस दौरान अमिताभले कयौँ रोचक किस्सा पनि सुनाएका थिए । केहीबेर उनी भावुक पनि बनेका थिए ।
दुई दशकको यात्रामा कार्यक्रमले नयाँ आयाम हासिल गर्न सफल भएको छ । कार्यक्रमको यात्रालाई निर्माताले एक भिडियो मार्फत दर्शकसँग साझा गरेका थिए । यसलाई देखेर अमिताभ निकै भावुक बने। यति मात्र होइन उनले कार्यक्रममा होस्ट बन्नु पछाडिको आश्चर्यजनक कारण पनि सुनाए । उनले भने,'जब म फिल्मबाट टिभीतर्फ आउँदै थिएँ, धेरैले मलाई यस्तो नगर्न सुझाव दिए ।'
'यसले मेरो छविलाई नोक्सान पुग्ने उनीहरूको भनाइ थियो । तर त्यो बेला मेरा केही मजबुरीहरू थिए । मैले फिल्ममा काम पाइरहेको थिइनँ । त्यही भएर म टिभीमा आउनुपर्यो । तर पहिलो पटक कार्यक्रम प्रसारण भएपछि जस्ता प्रतिक्रियाहरू आए, त्यसले मलाई पुरै दुनियाँ नै बदलिएको जस्तो लाग्यो,' उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी