ज्याभीको बार्सालाई घरेलु मैदानमा झट्का

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

बार्सिलोनाको म्यानेजरका रुपमा ज्याभीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार स्पेनिस ला लिगामा बार्सा आफ्नो घरेलु मैदानमा नै रियल बेटिससँग पराजित बनेको हो । 


ज्याभीले लिगमा आफ्ना सुरुवाती दुई खेल जितेका थिए भने च्याम्पियन्स लिगमा बेनफिकासँग बराबरी खेलेका थिए ।  पराजयपछि बार्सिलोना १५ खेलबाट २३ अंकसहित लिगको सातौँ स्थानमा सिमित रहेको छ । यो सिजन टोलीको यो चौथो हार थियो ।



खेल सकिन ११ मिनेट बाँकी छँदा जुआनमीले गरेको एकमात्र गोल निर्णायक बन्यो । यसअघि उनले गरेको अर्को गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । बार्सिलोनाका लागि फिलिपे काउटिन्हो र ओसमान डेम्बेले गोल गर्नबाट चुकेका थिए ।



अब बार्सिलोनाले च्याम्पियन्स लिगमा बायर्न म्युनिखको सामना गर्नेछ । अर्को चरणमा स्थान सुनिश्चित गर्न बार्सालाई अनिवार्य जीतको आवश्यकता रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।