शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा पौडेल पक्षका शर्मा जित नजिक, कसको मत कति ?

आइतबार, १९ मङ्सिर २०७८, ०६ : ०३
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । 
खसेको  ११४६ मत मध्ये  १ हजार मत गणना हुँदा सभापतिका प्रत्यासी वरिष्ठ नेता  रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५३२ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले  ४६३ मत पाएका छन् । 

गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना भइरहेको छ । गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप