बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश अधिवेशन : मतगणना आजै रातिबाट सुरु हुने

शनिबार, १८ मङ्सिर २०७८, २२ : ५७
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको छ। नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा हुने मतगणनाको लागि २ समूहका ८/८ जना प्रतिनिधि सहभागी हुने निर्वाचन समिति जनाएको छ ।

लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निवर्तमान जिल्ला सभापति अमर पुन प्यानल बनाएर मैदान गएका छन् । शाह देउवा प्यानल हुन् भने पुन पौडेल समूहका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप