शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सुदूरपश्चिममा मतगणनाको अन्तिम तयारी

शनिबार, १८ मङ्सिर २०७८, २२ : ३७
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । सो अधिवेशनमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली काँग्रेसका जिल्ला सदस्य केशव मिश्रले रातोपाटीलाई जानकारी दिए । २३ जना भने अनुपस्थित रहेको उनले बताए । 

केहीबेरमा कैलाली काँग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनले बताए । अहिले मुचुल्का तयार गरिँदै छ । मतगणना राति ११ बजेदेखि सुरु हुनेछ । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष चुनावी मैदानमा छन । संस्थापन पक्षबाट सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको उनले बताए ।

दुई जना उपसभापति पदका लागि संस्थापन पक्षबाट कैलालीका जनकराज चौधरी र बैतडीका लोकराज अवस्थीको उम्मेदवारी रहेको छ  । त्यसैगरी महामन्त्रीमा संस्थापन समूहबाट काँग्रेस कैलालीका सभापति नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा अम्बिका चलाउने, गोपालदत्त भट्ट, चिन्तामणी भट्टको उम्मेदवारी रहेको छ ।

त्यसैगरी  उप सभापतिमा इतर पक्षबाट गोपाल गुरुड. र मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रताप गुर्धामी , रामबहादुर शाही  र सह महामन्त्रीमा पदमराज पन्त, नरेन्द्र भट्ट र खीमा भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

८ पदाधिकारीका १९ जना र ४८ प्रदेश सदस्यका लागि १ सय ६० जनाको उम्मेदवारी परेको जनाइएको छ । यस अघि पुष्पा भट्ट,तीलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध निर्वाचित भइरहेका छन् । मनोनयन दर्तामा भूगोल सदस्यमा अन्य उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप