जसपाका प्रदेशसभा सदस्य बने काँग्रेस महाधिवेशन प्रतिनिधि, सुटुक्क भोट हालेर फर्किए
तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेम तामाङ काँग्रेस महाधिवेशन प्रतिनिधि बनेको खुलासा भएको छ । बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ रसुवाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि भएको खुलासा भएको हो । हेटौडामा जारी बागमती प्रदेशको काँग्रेस निर्वाचनमा उनको नाम रसुवाको महाधिवेशन प्रतिनिधिमा ३ नम्बरमा टाँसिएको छ भने उनी भोट हाल्नका लागि शनिबार राति साढे ९ बजेतिर पुगेका थिए ।
उनी त्यहाँ राति गएर सुटुक्क भोट हालेर काठमाडौं फर्किएका छन् । प्रदेशसभा सदस्य तामाङले आफू भोट हालेर काठमाडौं फर्किएको स्वीकार गरे । यस्तै अर्का एक महाधिवेशन प्रतिनिधिले पनि तामाङ अर्को पार्टीको सांसद भएकै कारण आधिकारिक रुपमा काँग्रेस प्रवेश नगरेको तर महाधिवेशन प्रतिनिधि बनेर भोट भने हालेको रातोपाटीलाई बताए ।
तत्कालीन नयाँ शक्ति पार्टी उपेन्द्र यादवको पार्टीसँग एकता भएपछि केही समय उनले आफूलाई स्वतन्त्र हैसियतमा रहेको दावी गरेका थिए । पछि भने मन्त्री बन्न पाइने आशमा उनी फेरि जसपामा खुलेका थिए । अहिले प्रदेशसभामा उनको जसपाकै सांसदको हैसियत रहेको छ भने प्रदेशसभाको वेबसाइटमा पनि उनी जसपाको सांसद भएको उल्लेख गरिएको छ ।
स्मरण सहोस् २०७५ सालमै तामाङ काँग्रेस प्रवेश गर्न खोजेका थिए । तर प्रदेशसभा सदस्य पद जाने भएपछि उनी काँग्रेस प्रवेश गर्नबाट पछि हटेका थिए । उनलाई पार्टीमा स्वागतका लागि काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु सरवा पुगेपनि उनलाई पार्टी प्रवेश नगराइ त्यसै फर्केका थिए ।
जुनदलको उम्मेद्वार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ। तामाङ नयाँ शक्ति र कांग्रेस गठबन्धनबाट सांसद निर्वाचित भएका थिए।
तत्कालीन नयाँ शक्तिका रसुवा पूर्वसंयोजकसमेत रहेका उनी नेपाली प्रदेश सभा निर्वाचनमा रसुवा ‘ख’बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई