गण्डकी प्रदेश अपडेटः ४०० मत गन्दा पौडेल समूहका शर्माको अग्रता
शनिबार, १८ मङ्सिर २०७८, २२ : ०१
नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले १९६ मत पाएका छन् ।
गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।
उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए । गण्डकीमा सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी