प्रदेश १ मा काँग्रेस अधिवेशन : १ हजार ७ सय ५३ मत खस्यो
शनिबार, १८ मङ्सिर २०७८, २१ : ५०
नेपाली काँग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा एक हजार सात सय ५३ मत खसेको छ । १४ औँ महाधिवेशन अन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार दिउँसो मतदान भएको थियो ।
मतदानमा एक हजार सात सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए । प्रदेश १ मा एक हजार आठ सय पाँच जना मतदाता थिए । मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुने थापाले जानकारी दिए ।
प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बनेका छन् । शनिबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यसूची रहेपनि विवादका कारण साढे ६ घण्टा ढिलो दिउँसो साढे २ बजेबाट मतदान सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती