बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ढोरपाटनलाई भलिबलको उपाधि

शनिबार, १८ मङ्सिर २०७८, २१ : २९
शनिबार, १८ मङ्सिर २०७८

प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६, २५–२१, १५–२० ले हरायो ।  मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउँदै तेस्रो स्थान पायो ।

प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए । गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर हुँदा एक नम्बर प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए ।

मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका  मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य विधागत उत्कृष्टले तीन हजार रुपैयाँ पुरस्कार पाए ।

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा सम्पन्न प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११  तथा उपविजयी टोलीले ६१ हजार १सय ११ रुपैयाँ पुरस्कार पाए । 

तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप