आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश अपडेट : १५० मत गन्दा कसले कति मत पाए ?

शनिबार, १८ मङ्सिर २०७८, १० : ००
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । खसेको  ११४६ मत मध्ये १५० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले ७७ र अर्जुनप्रसाद जोशीले ७३  मत पाएका छन् । 

गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो ।  मतगणनाका सबै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए । 

उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए । गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप