बागमतीमा काँग्रेसको नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा
शनिबार, १८ मङ्सिर २०७८, २१ : ०५
नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार शनिबार राति ८ बजेसम्म २१०५ मत खसेको छ । बागमतीमा कुल २१५० मतदाता रहेका छन् ।
निर्वाचन समितिले मतदानका लागि राति १० बजे सम्मको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो ।
प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन