शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्डोनेशियामा ज्वालामुखी विस्फोट, धुवाँ र खरानी १५ किलोमिटर माथिसम्म पुग्यो

शनिबार, १८ मङ्सिर २०७८, २० : ५९
शनिबार, १८ मङ्सिर २०७८

इन्डोनेशियाको माउन्ट सुमेरुमा निकै ठूलो ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीबाट निस्केको धुवाँ र खरानी क्रेटर (ज्वालामुखीको मुख) बाट १५ किलोमिटर माथिसम्म फैलिएको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । 

स्थानीय प्रशासनले ज्वालामुखी प्रभावित क्षेत्रका स्थानीयबासीलाई उद्दार गर्न थालेको छ । मानवीय हताहतीबारे अहिलेसम्म कुनै तथ्याङ्क संकलन भएको छैन । अहिलेपनि क्रेटरबाट धुवाँ र खरानी निस्किरहेको खबर छ । त्यो आसपासका जिल्लासम्म फैलिइरहेको छ । 

वायुमण्डलमा खरानीको तह यतिसम्म बाक्लोगरी फैलिएको छ कि जसकारण प्रभावित क्षेत्र दिउँसै अन्धकारमय बनेको छ । धुवाँ र खरानी फैलिएकाले प्रभावित क्षेत्रको आकाशमा विमान उडान भर्न दिइएको छैन । स्थानीय प्रशासनले ज्वालामुखीको क्रेटरबाट पाँच किलोमिटर दूरीसम्म प्रतिबन्धित क्षेत्र घोषणा गरेका छन् । विश्वमै इन्डोनेशिया ज्वालामुखी खतरा सूचीको पहिलो नम्बरमा रहेको मुलुक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप