छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु
पर्साको पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा आज भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । बालुवा लोड गरिएको ना ५ त ४१०८ नंको ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली–२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै तनहुँको व्यास नगरपालिका–११ फराकचौरमा आज दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ग १ त ६२८८ नंको ट्रयाक्टर सडक छेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा