गण्डकी प्रदेश अपडेट : १०० मत गन्दा कसले कति मत पाए ?
शनिबार, १८ मङ्सिर २०७८, ०७ : ००
नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । खसेको ११४६ मत मध्ये १०० मत गणना हुँदा अध्यक्षका प्रत्यासी शुक्रराज शर्माले ५० र अर्जुन प्रसाद जोशीले पनि ५० नै मत पाएका छन् ।
गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।
उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए । गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ