आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा काँग्रेसको मतदान सकियो, कसले मार्ला बाजी ?

शनिबार, १८ मङ्सिर २०७८, २० : २८
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेस कर्णालीको प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । शनिबार साँझ सम्पन्न मतदानअनुसार कुल ७७१ मतदातामध्ये ७५४ मत खसेको छ । 
नेतृत्व चयनका लागि दिउँसो २ बजेपछि मतदान भएको थियो । अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना हुने बताइएको छ । 

कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिडेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही र विमलेन्द्र निधि पक्षबाट मोतिराज बमले उम्मेदवारी दर्ता गराएका छन्। तीनमध्ये भूपेन्द्रजङ्ग शाही बलियो उम्मेदवार रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप