कमलको समर्थनमा पशुपतिले भने– काँचो नेतृत्वको पक्षमा छैन
शनिबार, १८ मङ्सिर २०७८, २० : ००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले आफू राजेन्द्र लिङदेनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा आफूले लिङ्देनको पक्षमा अपिल गरेको देखेपछि उनले सो कुरा बताएका हुन् ।
यतिमात्र होइन आफू काँचो नेतृत्वको पक्षमा नरहेको पनि बताएका छन् । राणाको वक्तव्यलाई अध्यक्षका अर्का उम्मेदवार कमल थापाले समेत सेयर गरेका छन् । उनले लेखेका छन्, 'राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग गर्नु निन्दनीय छ। "काँचो नेतृत्व"बाट सचेत रहौँ।' यसअघि तीन अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनी लिङ्देनको पक्षमा खुलिसक्दा राणाले भने पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पक्षमा नखुली आफू सहमतिमा नेतृत्व चयनको पक्षमा रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना